दफा १८
कर्मचारी सम्बन्धी व्यवस्था :

(१) परिषद्को काम सुचारुरूपले सञ्चालन गर्नको लागि परिषद्मा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन्।
(२) परिषद्का कर्मचारीहरूको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू तोकिएबमोजिम हुनेछन्।